सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं, २६ साउन । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता भएको हो।

सभामुखको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक विषयमा छलफल भएको थियो।

भेटवार्तामा प्रतिनिधिसभाको कामकारबाही तथा पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा समेत कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  २१ : ४५  बजे