राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी–बागमतीका सांसद पदमुक्त भएका छैनन्

काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा राप्रपाबाट निर्वाचित सांसदहरू पदमुक्त नभएको दाबी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पार्टीले सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको बताउनुभएको हो। निवेदन दिँदैमा सांसद पदमुक्त नहुने उहाँको भनाइ छ। शाहीका अनुसार सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार…