सरकारको रवैया देखेर जनता जनादेश फिर्ता गर्ने पक्षमा पुगिसके : महेश बस्नेत

काठमाडौं, २६ भदौ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधिप्रति जनता निराश भइसकेको दाबी गर्नुभएको छ । शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार गठन भएको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको बताउनुभयो । अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरी नयाँ पुस्तामा भ्रम…