खाली सिलिन्डर र थाल–कचौरा बोकेर आयल निगम घेराउ

काठमाडौं, २६ भदौ । ग्यासको चरम अभाव भएपछि विद्यार्थीहरूले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन् ।

बजारमा ग्यासको अभाव हुँदा पनि सरकारले समस्या समाधानका लागि गम्भीर पहल नगरेको भन्दै विद्यार्थी संगठनले शुक्रबार निगमको मुख्यालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले सहज रूपमा ग्यास आपूर्ति गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

प्रकाशित मिति: २६ भदौ २०८३, शुक्रबार  २० : ५३  बजे