काठमाडौं, २६ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिनुभएका मोतीराम भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । उहाँले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । युवाकवि भट्टले…