काठमाडौं, २७ भदौ । भदौ १० गते आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये ९०९ जना अझै बेपत्ता रहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै रसुवाका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका कर्मचारी तथा…