काठमाडौं, २९ भदौ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिवको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएपछि सम्पन्न हुनेछ । तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा…