महेश बस्नेतको दाबी–बल्थली बैठकले अध्यक्ष परिवर्तनको हल्ला अन्त्य गर्‍यो

काठमाडौं, भदौ २९ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बल्थली बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई परिवर्तन गर्ने विषयमा फैलाइएको भ्रम र हल्ला अन्त्य गरेको दाबी गर्नुभएको छ । काभ्रेपलाञ्चोकको पनौतीस्थित बल्थलीमा दुई दिन बसेको कार्यदलको बैठकले अध्यक्ष परिवर्तनको विषयमा फैलाइएको हल्ला चिर्दै पार्टीको कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा…