काठमाडौं, ३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग संशोधन गर्न अनुमति दिने कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। न्याय परिषद्ले उमेर हदका कारण चार दिनपछि अनिवार्य अवकाशमा जान लाग्नुभएका बेल्बासेलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो। लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको…