काठमाडौं, ३० भदौ । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दुरुपयोग गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी…