प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध युवा संघ र अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह ले सङ्घीय संसद्मा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु ले आइतबार साँझ काठमाडौंमा मसाल जुलुससहित प्रदर्शन गरेका छन्। प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिनुभएको भन्दै युवा तथा विद्यार्थी संगठनहरूले त्यसको विरोधमा सडक प्रदर्शन गरेका हुन्।…