कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ – अध्यक्ष ओली

काठमाडौं, २ माघ । नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु देशको लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्‍याउने कुराले सिङ्गो समाजलाई नै अराजकतातर्फ डोहोर्‍याउने प्रपञ्च रचिएको…