काठमाडौं, १९ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद झन् चर्किएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट नहटाएसम्म र उहाँले सार्वजनिक रूपमा क्षमायाचना नगरेसम्म संसद् चल्न नदिने अडान लिएका छन्। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची रहे पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदनमा पुनः…