चीनको दूतावासद्वारा बाँध फुटेको दाबी खण्डन, हिमपहिरोका कारण बाढी आएको भनाइ

काठमाडौं, ११ भदौ । काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा आएको बाढी र पहिरोबारे फैलिएका केही दाबी तथा समाचार भ्रामक र असत्य रहेको जनाएको छ। दूतावासले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै चीनतर्फको बाँध वा पूर्वाधार फुटेका कारण नेपालमा बाढी आएको तथा चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको भन्ने दाबीको खण्डन…