उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं, ११ भदौ । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका विपद् प्रतिकार्यमा अग्रपङ्क्तिमा खटिने जनशक्तिको सेवा सुविधा परिमार्जन…