आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरुको संख्या बढ्दै, शव सनाखतमा समस्या

काठमाडौं, १३ भदौ ।गएको बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू प्रहरी कार्यालय र अस्पताल धाइरहेका छन् । कसैले मोबाइलमा आफन्तको तस्विर देखाएर सोधीखोजी गर्दैछन् । कसैले नाम, ठेगाना र फोन नम्बर टिपाउने गरेका छन् । कोही अस्पतालको सूचीमा आफ्नो मान्छेको नाम खोजिरहेका छन् । अस्पताल परिसरमा पुगेका परिवारले…