काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका ल्याउने भएको छ । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा पक्षले आफ्नै ढङ्गले महाधिवेशनको तयारी अघि बढाउने निष्कर्ष निकालेको हो । देउवा पक्षको १५औँ महाधिवेशन तयारी समिति संयोजक डा. शशाङ्क कोइरालाले विज्ञप्ति जारी गर्दै…