काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशत्रय मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो। सर्वोच्चको उक्त आदेशसँगै सभापति गगन थापाको…