सुरुङ उद्धारबारे प्रधानमन्त्रीको दाबीप्रति विज्ञको आपत्ति, ‘विश्वमा प्रविधि र विशेषज्ञता उपलब्ध छ’

काठमाडौं, १८ भदौ । बाढीसँगै हिलो र माटोले पुरिएका सुरुङमा फसेका मानिसको उद्धार गर्ने विशेषज्ञता तथा तत्काल प्रयोग गर्न सकिने प्रविधि विश्वमै उपलब्ध नभएको प्रधानमन्त्री बालेन्द्र शाहको दाबीप्रति विज्ञहरूले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालमा मात्र नभई विश्वका अन्य मुलुकमा पनि बाढी र हिलोले पूर्ण रूपमा पुरिएका सुरुङबाट उद्धार गर्ने विशेष विशेषज्ञता र…