काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बैठक बस्ने तय भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवामा आएको बाढी, उद्धार तथा राहत, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
बाढीपीडितको उद्धार तथा राहतका विषयमा बैठकले ठोस निर्णय लिने रास्वपाले जनाएको छ।











प्रतिक्रिया