१० दिनपछि त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार

काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। शुक्रबार बिहान खोजी तथा उद्धारका क्रममा सुरुङबाट पहिलोपटक सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो। उहाँ नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुनुहुन्छ। आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला साह…