काठमाडौं, २१ भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो नाम, पोशाक र संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज भएको छ। भोटेकोशी–त्रिशूली बाढीपछि सैनिक शैलीको पोशाकमा उद्धार तथा राहतका गतिविधिमा खटिएको देखिएपछि ग्रिन आर्मी विवादमा आएको थियो। गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको संस्थाले नेपाली सेना तथा सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो स्वरूप अपनाएको भन्दै यसको वैधानिकतामाथि…