इजरायलका स्याहार केन्द्रमा १ हजार ४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं, २३ भदौ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि १ हजार ४६४ नेपाली कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागका अनुसार गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि १ हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार माग गरिएको हो। आवेदन दिन इच्छुक नेपाली नागरिकले २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।…