काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपद्को समयमा कृत्रिम तस्बिर तथा दृश्य बनाएर प्रचारबाजी नगर्न आग्रह गर्नुभएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सस्तो लोकप्रियताभन्दा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो। बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक…