विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्याग्नुपर्छ : प्रमुख सचेतक महर

काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीपहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गर्नुभएको छ । बुधबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै महरले राष्ट्रिय संकटको घडीमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने सरकार अहंकार र दम्भमा देखिएको आरोप लगाउनुभएको हो । उहाँले राजनीतिभन्दा मानवता माथि हुने भन्दै एमाले…