आधा जितिसक्यौँ, रुख र चारतारे झण्डा हामीले पाउँछौँ : देउवा

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउनुअघि सदस्यहरूको आधिकारिक सनाखत अनिवार्य रहेको बताउनुभएको छ। बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सदस्यहरूको आधिकारिक पहिचानबिनाको नामावलीका आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गर्नुभयो। पार्टी सभापतिलाई जानकारी नै नदिई विशेष महाधिवेशन बोलाउन नसकिने उहाँको भनाइ थियो। पार्टी विधानमा विशेष…