रुपन्देही, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डे लम्सालले ग्यास नपाएको भन्दै सामाजिक सञ्जालमार्फत ग्यास कहाँ पाइन्छ भनेर सोध्नुभएको छ।
लम्सालले फेसबुकमा स्ट्याटस लेख्दै ग्यास सिलिन्डर नपाउँदा समस्या परेको बताउनुभएको हो।
उहाँले लेख्नुभएको छ, ‘हैन यो ग्यास सिलिन्डर कहाँ पाउँछ, गाह्रो पो पर्ने भो त ?’
पूर्वमन्त्रीसमेत रहनुभएकी लम्सालको उक्त स्ट्याटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया जनाएका छन्। कतिपयले सरकारसम्बद्ध पार्टीकै नेताले ग्यास नपाएको भन्दै सार्वजनिक रूपमा गुनासो गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्।
ग्यासको आपूर्ति प्रभावित भइरहेका बेला लम्सालको उक्त स्ट्याटस सामाजिक सञ्जालमा चर्चामा आएको हो।











प्रतिक्रिया