काठमाडौं, ५ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा…