राजदूत सिफारिसमा सरकारले आफ्नै मापदण्ड मिचेको राप्रपा सांसद शाहीको आरोप

काठमाडौं, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले सरकारले राजदूत सिफारिस गर्दा आफैंले निर्धारण गरेको मापदण्ड पालना नगरेको आरोप लगाउनुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयले तय गरेको मापदण्डअनुसार राजदूत सिफारिस नगरिएको दाबी गर्नुभयो। उहाँले सरकारले आफ्नै मापदण्ड किन कार्यान्वयन गर्न नसकेको भन्दै प्रश्न उठाउनुभयो। शाहीले प्रस्तावित राजदूतमध्ये…