त्रिपुरेश्वर बस आगलागी : जरिबानाको विषयमा ट्राफिक प्रहरी र चालकबीच विवाद

काठमाडौं, ५ असोज । काठमाडौंको त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच जरिबानाको विषयमा विवाद भएको खुलेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस चालक काभ्रेका २५ वर्षीय दावा लामाले आफूले गल्ती नगरेको भन्दै जरिबाना तिर्न अस्वीकार गर्नुभएको सुनिन्छ। उहाँले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भन्दै आक्रोश व्यक्त गर्नुभएको…