प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

काठमाडौं, ६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री…