बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौं, ६ कात्तिक । बडादसैँको टीकाको तेस्रो दिन शुक्रबार पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम आज पनि जारी छ। विजया दशमीको मुख्य दिन बुधबार टीका थाप्न नभ्याएका आफन्त तथा परिवारका सदस्यहरू आज मान्यजनकहाँ पुगेर टीका लगाइरहेका छन्।

बडादसैँको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ।

टीका लगाउने, लगाइदिने र आशीर्वाद आदानप्रदान गर्ने क्रम जारी रहेसँगै काठमाडौंमा चहलपहल बढ्न थालेको छ।

प्रकाशित मिति: ६ कार्तिक २०८३, शुक्रबार  ०७ : ०९  बजे