म्याग्दीमा राजमार्ग एकतर्फी सञ्चालन, गोरखामा पूर्ण अवरुद्ध

काठमाडौं, ३० असोज । प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशका दुई जिल्लाका सडक प्रभावित भएका छन्। म्याग्दीमा बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा आए पनि गोरखामा बाढीका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते पहिरो खसेपछि अवरुद्ध बेनी–जोमसोम सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा असोज २५ गते आएको बाढीले सडक अवरुद्ध गरेको छ। बाढीका कारण सोतीस्थित फलामे पुल र आरुघाटबाट धादिङ जोड्ने मुख्य सडकसमेत ठप्प भएको छ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  ०७ : १८  बजे