थप २ सय ६० सुकुम्वासी परिवार सरकारको सम्पर्कमा

काठमाडौँ, १९ वैशाख । काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत घर–टहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण सङ्कलन तथा स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ । काठमाण्डौ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारहरूको व्यवस्थापन, विवरण सङ्कलन र स्वास्थ्य परीक्षण एकैसाथ अघि बढाएको हो । नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाइएका बासिन्दाका लागि…