काठमाडौं, १९ वैशाख । सरकारले बल्खु, बंशीघाट र शंकमुल क्षेत्रमा नदी किनारमा रहेका घर–टहरामा डोजर चलाएको छ। शुक्रबारले उक्त क्षेत्रमा सयौं घर–टहरामा डोजर चलाएको जानकारी दिएको छ।सरकार प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बल्खु क्षेत्रमा ४०१ घर–टहरामा डोजर चलाइएको हो। त्यस्ते बंशीघाट क्षेत्रमा १९३ र शंखमुलमा १५० घर–टहरा भत्काइएको छ। शंखमुल क्षेत्रमा अतिक्रमित क्षेत्रमा रहेका अधिकांश पक्की घरहरू भत्काइएको प्रवक्ता पोखरेलले बताउनुभएको छ।घर– टहरा भत्काइएपछि १४१४ जना घरपरिवार विस्थापित बनेका छन्। तीमध्ये ३२३ जना सरकारको सम्पर्कमा आएको प्रवक्ता पोखरेलले स्पष्ट पारेका छन्। सम्पर्कमा आएकामध्ये ८० जनालाई खरिपाटीमा व्यवस्थापन गरिएको छ।
12
Shares








प्रतिक्रिया