१९ वर्षीया युवतीलाई आफ्नै घरमा लगेर करणी गरेको आरोपमा २३ वर्षका युवक पक्राउ


काठमाडौं, १९ वैशाख । १९ वर्षीया युवतीलाई ललाइफकाइ एकान्तमा लगेर जबरजस्ती करणी गरेको आरोपमा झापा प्रहरीले २३ वर्षका एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्ने २३ वर्षीय अमृत धन कुलुङ राई रहेका प्रहरीले जनाएको छ।

उनले स्थानीय १९ वर्षकी लालमैया (परिवर्तित नाम)लाई शिवसताक्षी ९ दुधेमा रहेको कोही नबस्ने आफ्नै पुरानो घरमा लगेर जबरजस्ती करणी गरेको आरोप छ।

आफूलाई अमृत धनले ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडित युवतीले यही वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्।

युवतीको उजुरीपछि वैशाख १६ गते इलाका प्रहरी कार्यालय झिलझिलेबाट खतिएको प्रहरीले दुधेचोकबाट युवकलाई पक्राउ गरेको छ।

उनलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार  ०७ : ३१  बजे