काठमाडौं, ३० असोज । नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता पाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आईसीसीले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगलाई आधिकारिक मान्यता प्रदान गरेको हो। यसबाट नेपाली क्रिकेटको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा घरेलु प्रतियोगिताको पहिचान थप मजबुत हुने विश्वास क्यानले व्यक्त गरेको छ।
क्यानका सचिव पारस खड्काले आईसीसीको मान्यताले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
क्यानले आईसीसीको मान्यतालाई नेपाली क्रिकेटका लागि नयाँ अध्याय र गर्वको क्षणका रूपमा व्याख्या गरेको छ।
यसैबीच, आईसीसीको एसिया सम्मेलन पनि नेपालमा आयोजना हुने भएको छ। क्यानका अनुसार आगामी मंसिरको पहिलो साता काठमाडौंमा हुने सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एनपीएलको फाइनलसहित दुई खेल अवलोकन गर्नेछन्।











प्रतिक्रिया