स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

काठमाडौं, १९ वैशाख । सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनाहरू पनि भत्काउन सुरू गरेको छ ।
संघीय राजधानीमा रहेका सुकुमवासी बस्ती भत्काउने अभियानअन्तर्गत सरकारले शनिबार बिहान स्वयम्भु क्षेत्रका बस्तीमा पनि डोजर चलाएको हो ।
सरकारले शनिबार बिहानैदेखि स्वयम्भुसँगै अन्य क्षेत्रमा रहेका सरकारी जमिनमा निर्माण भएका संरचनाहरू पनि भत्काइरहेको छ ।
यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।

सरकारले हिजोदेखि काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको हो ।

पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपास बनेका संरचना हटाइएको थियो ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार  ११ : ०९  बजे