राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, अर्को एउटा अध्यादेश जारी

काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएको छ । उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाको निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको…