काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौं, ५ भदौ ।  काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।