काठमाडौं, २३ वैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आफ्ना नजिकका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यले विभिन्न ‘जालझेल’ गरिरहेको आरोप लगाउनुभएको छ। बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै माननीय थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइनु नै सोही उद्देश्यसँग जोडिएको दाबी गर्नुभयो। उहाँका अनुसार संसद् अधिवेशन आह्वान गर्ने र पुनः स्थगित…