काठमाडौं, ९ माघ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण माग गरिएको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा…