काठमाडौं, २८ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा अतिक्रमित सरकारी जग्गा खाली गराउने क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार भएको छ। घटनामा संलग्न एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बैजनाथ गाउँपालिका–६ स्थित एच गाउँमा रहेको ईश्वरी माध्यमिक विद्यालयको जग्गामा बनाइएका अवैध संरचना हटाउन डोजर चलाउने क्रममा स्थानीय एक महिलाले सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि दाउ प्रहार गरेकी हुन्।…