बैतडी, १८ कात्तिक । महाकाली करिडोरको ‘ट्र्याक’ खुलेसँगै बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकामको दूरी छोट्याएको छ । करिडोरअन्तर्गत पञ्चेश्वरको अर्तोली भन्ने स्थानमा रहेको कडा चट्टानका कारण समस्या भएको थियो । उक्त कडा चट्टानका कारण सडक निर्माणमा समस्या रहेकामा हाल समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “करिडोरअन्तर्गत अर्तोलीको कडा चट्टान…