चितवन, १२ असार । रास्वपाको महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशनबाट महिला सहमहामन्त्री पदमा डाँगी निर्वाचित हुनुभएको हो ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार डाँगीले बाजी मार्नुभएको हो । प्रतिनिधिसभा सदस्य (सांसद) समेत रहनुभएकी डाँगी पार्टीभित्र युवा र प्रभावशाली नेतृका रूपमा परिचित हुनुहुन्छ ।
पदाधिकारी चयनका लागि आज भएको मतदान प्रक्रियामा कडा प्रतिस्पर्धाबीच उहाँ महिला सहमहामन्त्री पदमा चुनिनुभएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित महिला सहमहामन्त्री निशा डाँगीसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आजै चितवन महाधिवेशन स्थलमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया