उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध हुनुभएको छ।

पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि वाग्ले निर्विरोध हुनुभएको हो । श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बस्नुभएको छ ।
पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  ०६ : ५०  बजे