विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुग्नुभयो सर्वोच्च

काठमाडौँ, १० असार । आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल सर्वोच्च अदालत पुग्नुभएको छ।उहाँले पक्राउ गैरकानुनी भएको दावी सहित पौडेललाई थुनामुक्त गर्न आदेशको माग गर्नुभएको हो । रिट निवेदक पौडेलले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाउनुभएको छ…