८६.७२० ग्राम खैरो हेरोइनसहित काठमाडौं र ललितपुरबाट दुई जना पक्राउ

काठमाडौं, १२ असार । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ८६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप र सिन्धुलीका दुई जना युवा रहेका छन् ।

ब्यूरोका अनुसार पक्राउ पर्नेहरू निम्नलिखित छन्
टेक बहादुर थापा मगर (४२ वर्ष): दोरम्बा गाउँपालिका–३, रामेछाप (काठमाडौंको ढल्कुबाट पक्राउ) ।
सन्त बहादुर बस्नेत (२४ वर्ष) : दुधौली नगरपालिका–१०, सिन्धुली (ललितपुरको बालकुमारीबाट पक्राउ) ।

मुख्य आपूर्तिकर्ता (सप्लायर) सम्म पुग्यो प्रहरीब्यूरोबाट खटिएको प्रहरी

टोलीले यही असार ९ गते काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट टेक बहादुर थापा मगरलाई ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित पहिलो पटक नियन्त्रणमा लिएको थियो । त्यसपछि भएको थप अनुसन्धानका क्रममा उनलाई उक्त लागुऔषध बिक्री गर्ने मुख्य व्यक्ति सिन्धुलीका सन्त बहादुर बस्नेत भएको खुलेको थियो ।

प्रहरीले निगरानी बढाएर असार ११ गते बस्नेतलाई ललितपुर महानगरपालिका–७ बालकुमारीबाट थप ८० ग्राम खैरो हेरोइनसहित पक्राउ गर्न सफल भयो ।

ब्यूरोबाट थप अनुसन्धान जारीलागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका दुवै प्रतिवादीलाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १२ : ४०  बजे