२७१ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ, एक अभियुक्त १० वर्ष जेल बसेर छुटेका अपराधी

काठमाडौं, १२ असार । भारतबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ल्याएर पूर्वी नेपालका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरको टोलीले लामो समयको निगरानीपछि उनीहरूलाई सुनसरीबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–३ का ४२ वर्षीय विष्णु धामी, सोही स्थानका ३६ वर्षीय रुद्र बहादुर सुवेदी र सुनसरीकै रामधुनी नगरपालिका–६ का ४८ वर्षीय विजयराज धामी रहेका छन् ।

कर्तव्य ज्यान मुद्दाका पुराना कैदी पुनः अपराधमा

प्रहरीका अनुसार पक्राउ परेकामध्ये मुख्य अभियुक्त विष्णु धामी यसअघि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । कैद सजाय भुक्तान गरेर निस्किएपछि उनी पुनः लागुऔषध तस्करीको अवैध गिरोहमा सक्रिय भएको ब्यूरोको रेकर्डबाट खुलेको छ ।

पूर्वी पहाडी जिल्लाहरू मुख्य निसानायो गिरोहले भारतबाट लुकिछिपि लागुऔषध भित्र्याएर सुनसरी, धनकुटा, इलाम र भोजपुर लगायतका जिल्लाहरूमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

पूर्वी पहाडी जिल्लाहरू मुख्य निसाना

यो गिरोहले भारतबाट लुकिछिपि लागुऔषध भित्र्याएर सुनसरी, धनकुटा, इलाम र भोजपुर लगायतका जिल्लाहरूमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरूको साथबाट बरामद गरेको सामानहरू

लागुऔषध: २७१ ग्राम खैरो हेरोइन
नगद रकम: रु. २,४५,८००/-
डिजिटल तराजुः ३ थान

अनुसन्धानका लागि इलाका प्रहरीमा

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका प्रतिवादीहरू विष्णु धामी र रुद्र बहादुर सुवेदीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरी बुझाइएको छ ।

त्यस्तै, अर्का प्रतिवादी विजयराज धामीलाई इलाका प्रहरी कार्यालय पकली, सुनसरीमा बुझाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १२ : २३  बजे