सिन्धुली, ११ फागुन । सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना चिनियाँ र दुई जना स्थानीय कामदार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ९एसपी० लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने ३० वर्षीय नवराज बम्जनलाई कामबाट हटाएको विषयमा विवाद…